कृषि प्राविधिकले पनि बीमा अभिकर्ताको रुपमा काम गर्न पाउने

0
Shares

बीमा समितिले कृषि प्राविधिकलाई पनि बीमा अभिकर्ता भई काम गर्न पाउने व्यवस्था गरेको छ।

समितिले सोमबार कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ लाई संशोधन गरि दफा २० को उपदफा ७ थप गर्दै कृषि प्राविधिकको रुपमा काम गर्ने व्यक्ति तथा संस्थाले बीमा अभिकर्ता भई काम गर्नपाउने व्यवस्था गरेको हो ।

संशोधित निर्देशिकामा अभिकर्ता भई काम गर्ने प्राविधिकलाई बीमा शुल्कमा पाँच प्रतिशत पारिश्रमिक निर्धारण गरिएको छ । व्यक्तिगत तथा संस्थागत प्राविधिकले कृषि तथा पछुपन्छी बीमा अभिकर्ताको रुपमा काम गर्दा एउटै बीमालेखमा प्राविधिक र अभिकर्ता भई काम गर्न भने नपाउने व्यवस्था छ ।

कुनै पनि व्यक्तिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा काम गर्न चाहेमा प्राविधिकको योग्यता पुरा गरि बीमा अभिकर्ताको ईजाजतपत्र प्राप्त भने गरेको हुनुपर्ने व्यवस्था छ ।

बीमा समितिले यस अघि कृषि तथा पशुपन्क्षी बीमा निर्देशिका २०६९ लाई पमिार्जन गरि २०७७ जारी गरेको थियो । उक्त निर्देशिकामा बीमा कम्पनीले वार्षिक रुपमा बिक्री गर्ने कूल बीमालेखमध्ये कम्तिमा ५ प्रतिशत कृषि तथा पशुपंक्षीको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।