महासंघको टोलीसँग मोरङ उद्योग व्यापार संघमा भेटघाट


काठमाडौँ। मोरङ उद्योग व्यापार संघमा नेपाल उद्योग वाणिज्य महासंघको चुनाव प्रचार प्रसार टोलीसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा तथा महासचिव संजय कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा महासंघ अन्तर्गतका विभिन्न प्रदेश अध्यक्षहरू, केन्द्रीय सदस्यहरू तथा देशभरका उद्योग वाणिज्य संघका अध्यक्षहरू सहभागी भएका थिए।

कार्यक्रममा संघका अध्यक्ष राठीसहित निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायत संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले आगन्तुक टोलीलाई स्वागत गरेका थिए।

भेटघाट तथा छलफलका क्रममा आगामी महासंघ निर्वाचनका उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा उत्तरदायी, अनुभवी तथा सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिइएको थियो। साथै, यस्तो नेतृत्व चयनका लागि संघले निरन्तर साथ, सहयोग तथा समर्थन गर्दै आएको जानकारी समेत गराइएको थियो।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।