डेल्टा अटोकर्पको ‘नयाँ युगको नयाँ राइड’ अफर सार्वजनिक


काठमाडौँ । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा–एप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष विशेष अफर ‘नयाँ युगको नयाँ राइड’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार उक्त अफर चैत १३ गतेदेखि देशभर रहेका आधिकारिक भेस्पा र एप्रिलिया शोरूमहरूमा लागू हुनेछ। नयाँ वर्षको अवसरमा ग्राहकहरूलाई आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको जनाइएको छ।

अफरअन्तर्गत नगद खरिदमा ग्राहकहरूले ८ हजार ३०० रुपैयाँसम्म छुट पाउनेछन् भने एक्सचेञ्ज गर्दा थप १० हजार रुपैयाँ बोनस उपलब्ध हुनेछ। साथै, ४.९९ प्रतिशत ब्याजदरमा किस्ता (ईएमआई) सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहकहरूलाई हेल्मेट र स्कुटर कभरजस्ता ब्राण्डेड निःशुल्क एक्सेसरीज प्रदान गरिनेछ। अभियानलाई थप आकर्षक बनाउन साप्ताहिक लक्की ड्र समेत राखिएको छ, जसअन्तर्गत विजेताले रूपाकोट रिसोर्टमा लक्जरी गेटवे जित्ने अवसर पाउनेछन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले नयाँ वर्ष नयाँ अवसर र यात्राको सुरुवात गर्ने समय भएको उल्लेख गर्दै यस अफरमार्फत ग्राहकहरूलाई प्रिमियम अनुभवसहित आत्मविश्वासका साथ नयाँ वर्ष सुरु गर्ने अवसर प्रदान गर्ने लक्ष्य रहेको बताए।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।