काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम सुनको मूल्य आज प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भइहरेको छ । शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४९३.७९ अमेरिकी डलर र चाँदी ६९.७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया