युनाइटेड इदीमार्दीको साढे दश करोडको आईपीओ आउने, कस्तो छ कम्पनी ?

0
Shares

युनाइटेड इदीमार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग गदैै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई समे गरी १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति माग गरेको छ ।

जसमध्ये कम्पनीले ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीय र ६ करोड ३० लाख मूल्यको ६ लाख ३० हजार कित्ता आईपीओ जारी गर्ने छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि युनाइटेड इदीमार्दीले प्राथमिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । नियमन आयोगबाट स्वीकृति पाएर आईपीओ निष्कासनका लागि आवेदन दिने युनाइटेड पहिलो जलविद्युत आयोजना भएको छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले कास्कीमा ७ मेगावाटको अपरमार्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनको निमार्ण कार्य अन्तिमचरणमा पुगेको छ । कम्पनीले यसै वर्षदेखि जलविद्युत उत्पादन गर्ने योजना राखेको छ ।

आयोजनाको अनुमानित लागत एक अर्ब २५ करोड रुपैयाँ गरिएकोमा विद्युत गृहमा पानी पर्याउने पाइप पहिरोले बगाउँदा लागत बढेर एक अर्ब ३७ करोड रुपैयाँ लाग्ने भएको छ। यसै आधारमा प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

कम्पनीले ७५ प्रतिशत रकम ऋण र २५ प्रतिशत शेयर पूँजीबाट जुटाउनेछ। आयोजनाबाट उत्पादीत विद्युत सुख्खायाममा ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले गरिद गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । आयोजनामा प्राइम बैंकको अगुवाइमा सेन्चुरी बैक र जनता बैकले ऋण लगानी गरेका छन् ।