एशियन लाइफ इन्स्योरेन्स कम्पनी (ALICL) को शेयरमूल्यमा बुधवार सबैभन्दा धेरै गिरावट आएको छ । लगातार दुई वर्ष लाभांश वितरण नगरेपछि कम्पनीको शेयरमूल्यमा उच्च गिरावट देखिएको हो ।
आर्थिकवर्ष २०७४/७५ बाट लाभांश वितरण नगरेको कम्पनीले आव २०७५/७६ बाट लाभांश वितरण गर्ने आशा लगानीकर्तामा रहेको थियो । तर कम्पनीले मंगलबारको सञ्चालक समितिको बैठकले आव २०७५/७६ बाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको सूचना बुधबार नेप्सेमा गराएपछि कम्पनीको शेयरमूल्य बुधबार कारोबारमा आएका सबै कम्पनीभन्दा धेरै घटेको हो ।

कम्पनीको फागुन १८ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सानबाट प्राप्त रकम सञ्चित मुनाफा जगेडा कोषमा नै रहने गरी सो आर्थिक वर्षबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी गराएको थियो ।
बुधबारको शेयर बजारमा एशियन लाइफको शेयरमूल्य ६.३६ प्रतिशत अर्थात ८१ रुपैयाँले घटेर ११९३ मा झरेको हो । कम्पनीको शेयरमूल्य मंगलबार पनि ४.९३ प्रतिशत अर्थात ६६ रुपैयाँले घटेको थियो । कम्पनीले लाभांश नगर्ने भएपछि लगानीकर्ताले सस्तो मूल्यमा नै शेयर बिक्री गर्दा मूल्यमा उच्च गिरावट आएको हो ।
यसअघि मंगलबार २८ करोडको उच्च कारोबार सहित कम्पनीको शेयरमूल्यमा गिरावट आउनु र कम्पनीले बुधबार उपलब्ध गराएको लाभांश प्रस्तावको विवरणमा लाभांश घोषणा गरेको सञ्चालक समितिको समय उल्लेख नहुनाले ठूला लगानीकर्ताले हिजो मंगलबार नै भित्री सूचनाका आधारमा शेयर कारोबार भएको हुनसक्ने आशंका गरेका थिए । तर यस विषयमा कम्पनीलाई नेप्सेलाई बुधबार साँझ पत्र पठाउँदै मंगलबार साँझ ४ः४५ बजे बैठक सम्पन्न भएको उल्लेख गरेको छ ।
बुधबार पनि नेपाल टेलिकमपछि कम्पनीको दोस्रो ठूलो कारोबार हुँदै २८ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया