नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले प्रस्तावित लाभांश पारित गराउन चैत १३ गते शुक्रबार तेह्रौ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकल गत आवको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारण सभा गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १२ सय रुपैयाँ हाराहारीमा रहेको छ। कम्पनीका नयाँ शेधयरनीहरुले ४० रुपैयाँ लाभांश पाउनका लागि एक हजार दुई सय रुपैयाँ लगानी गर्नुपर्ने अवस्था रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले फागुन २८ गते शुक्रबारदेखि शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ। जस अनुसार फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा नगद लाभांश पाउनेछन्। फागुन २७ गते बिहीबार शिवरात्रीको सार्वजनिक बिदा रहेको छ ।
हाल कम्पनीमा ९१.५२ प्रतिशत संस्थापक शेयर नेपाल सरकारको स्वामित्वमा रहेको छ भने ८.४८ प्रतिशत शेयर सर्वसाधारण र कर्मचारीको रहेको छ। शेयर संरचनाअनुसार सर्वसाधारण शेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व टेलिकममा छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया