काठमाडौँ । कम्बोडियामा बिनाभिसा बसिरहेका १२ नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासका अनुसार उनीहरुलाई मंगलबार स्वदेश फर्काइएको हो।
कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको दूतावासले जनाएको छ ।
“यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ,” दूतावासले भनेको छ ।
स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी ९पासपोर्ट० कम्पनीले जफत गर्ने गरेको गुनासो प्राप्त भएको दूतावासले जनाएको छ । “त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ,” दूतावासले भनेको छ ।
दूतावासका अनुसार, सन् २०२५ मा नौ हजार ६७६ नेपाली कम्बोडिया गएको छन् । नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्यान्डलगायत मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन राजदूतावासले अनुरोध गरेको छ ।












प्रतिक्रिया