एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले बिक्रीमा ल्याएको तीन कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । लिलामीको शेयर खरिद गर्न इच्छुक लागानीकर्ताले फागुन २० गतेभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामी फागुन ६ गतेदेखि बिक्रीमा ल्याएको थियो ।
बैंकले आरएमडिसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनीको ९५ हजार ६४९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आरएमडिसी लघुवित्तको ४९८, ग्रामीण विकास लघुवित्तको ४०० र युनाइटेड इन्स्योरेन्स कम्पनीको २९८ रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।
इच्छुक लगानीकर्ताले न्युनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरि लिलामी खुला गरिएको सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
बोलपत्र आवेदन फारम प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौ र एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न र आवश्यक कागजात सहित बुझाउन सक्नेछन् ।
बैंकले यसअघि पुस १९ गतेदेखि माघ ४ गतेसम्म पनि यी तिनवटै कम्पनीको शेयर बिक्रीमा ल्याएको थियो । सो बेला बैंकले आरएमडिसी लघुवित्तको १६ हजार ६०० कित्ता, ग्रामीण विकास लघुवित्तको १ हजार १०० कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनीको १ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न सफल भएको थियो । बाँकी शेयर पुनः बिक्रीमा ल्याइएको हो ।
सो बेला बैंकले आरएमडिसी लघुवित्तको प्रतिकित्ता ४८५, ग्रामीण विकास लघुवित्तको २६९ र युनाइटेड इन्स्योरेन्स कम्पनीको २४१ रुपैयाँका दरले संस्थापक शेयर बिक्रीमा ल्याएकोमा अहिले भने अघिल्लो पटकभन्दा क्रमश: १३, १३१ र ५७ रुपैयाँ बढी न्यूनतम मूल्य तोकेको छ ।
अघिल्लो पटक सस्तो मूल्यमा नै बिक्री नभएको उक्त संस्थापक शेयरहरु हाल अझ बढी मूल्यमा बिक्रीमा ल्याइएकोमा अहिले पनि सबै बिक्री हुनेसक्ने अवस्था कम छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया