
विश्व बैंकको सहयोगमा शुरू नेपाल शहरी शासकीय र पुर्वाधार आयोजनाले आज हरिवन नगरपालिका,सर्लाहीसँग १७ करोड ५० लाख बराबरको सशर्त अनुदान रकमको सम्झौता सम्पन्न गरेको छ ।
विश्व बैंकको कोभिड-१९ प्रतिकार्यको एक हिस्साको रुपमा आएको यस आयोजनाले स्थानीय स्तरमा बढ़ी जोखिममा परेका र रोजगार बिमुख नागरिकलाई अस्थायी रोजगारीको अबसर सृजना गर्ने मुख्य उद्देश्य रहेको छ ।
साथै संघीयताको सुदृढ़ीकरण,नागरपालिकाको क्षमता बढाई जनताको हित सुनिश्चित गर्ने आयोजनाको लक्ष्य रहेको छ । शहरी विकास भबन निर्माण बिभागको महानिर्देशक नबराज प्याकुरेल र हरिवन नागरपालिकाका नगर प्रमुख गणेश प्रसाई बीच आज एक समारोह बीच सम्झौता सम्पन्न भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया