सिर्जना फाइनान्सले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै शेयर संरचना परिमार्जन गर्ने लगायतका प्रस्ताव राखेर २० औँ साधारण सभा डाकेको छ ।

फाइनान्सको फागुन २० गते बसेको संचालक समितिको २४२ औँ बैठकले चैत्र १४ गते शनिबार साधारण सभा आह्वान गरेको हो । सभा उद्योग संगठनको सभाकक्ष विराटनगरमा बिहान ११ बजेबाट संचालन गरिने छ ।
सभामा आ.व. २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ५७ लाख ५९ हजार ७५१ रुपैँया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीले हालको शेयर पूँजी संरचनालाई परिवर्तन गरि संस्थापक तर्फ ५२ र साधारण तर्फ ४८ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी प्रबन्धपत्रमा संसोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाएको छ ।
साधारण सभा तथा लाभाश वितरण प्रयोजनका लागि फाइनान्सले चैत्र १ गते बुक क्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात फागुन २६ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया