काठमाडौं। विचौलिया व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदार सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । शंकर समूहका अध्यक्ष शंकर अग्रवाललाई शुक्रबार पक्राउ गरिएसँगै शनिबार बिहान उनका छोरा तथा समूहका भाइस चेयरम्यान सुलभलाई भैरहवाबाट पक्राउ गरिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरेको छ । सोही क्रममा सुलभ भारत पुगेका थिए । शंकरमार्फत भारतबाट नेपाल बोलाएर उनलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।
यसअघि भट्टलाई चैत १५ गते अध्यागमन विभागले भट्टलाई कालोसुचीमा राखेको थियो । भट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ ।
उनले गैरकानुनी रुपमा आर्जेको सम्पत्ति शुद्धीकरणका लागि बैंकिङ र बिमा सम्बन्धी कसुर, सार्वजनिक सम्पत्तिको हानी, राजस्व छलीजस्ता काम गरेको भेटिएसँगै भट्टमाथि अनुसन्धान तिव्र पारिएको हो । सोही प्रकरणमा शंकर अग्रवाल र उनका एक छोरा सुलभ पनि समातिएका हुन् ।
विभागले शंकर ग्रुपका सुलभसँगै, साहिल, शुभी अग्रवालमाथि पनि अनुसन्धान गरिरहेको छ । यसबाहेक भट्टसँग सहकार्य गरेका पक्ष तथा व्यक्तिहरु माथि पनि विभागले अनुसन्धान गरिरहेको छ । उनकी श्रीमती आयुष्मा नेपाल, सासु अन्जना नेपाल लगायतमाथि पनि अनुसन्धान चलिरहेको विभाग स्रोतको भनाइ छ ।












प्रतिक्रिया