वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय


काठमाडौँ । २०८३ वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरु हुने भएको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी गराए ।

यसअघि सामान्यतया वैशाखको पहिलो सातादेखि शैक्षिक सत्र सुरु हुने गरेकोमा यस पटक नयाँ भर्ना र पठनपाठन सुरु एक साता ढिला हुने भएको हो ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  १४ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।