नेपाल प्रहरीले अवैध सुन सहित बुधबार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले चन्द्रागिरी-२ नागढुङ्गाबाट बुधबार दिउँसो २२ तोला ३२ लाल अवैध सुनको सिक्री सहित भारत घर भएका ३१ वर्षीय तपास सस्माललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.१ ज ७९२१ नम्बरको टाटा सुमोलाई नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल भर्पाई नभएको उक्त सुन फेला परेपछि उनी पक्राउ परेका हुन् ।
थप आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सस्माललाई राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया