
महालक्ष्मी विकास बैंक (MLBL) को सञ्चालक समितिले २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट बैंकको साधारण सभा आह्वान गरेको छ ।
बैंक सञ्चालक समितिको ७८ औं बैठकले आर्थिक वर्ष २०७६/०७७ बाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको बैंकको चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार रुपैयाँको ८.८० प्रतिशतका दरले बोनस शेयर तथा ०.४६ नगद (कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत लाभांश अनुमोदन गर्न साधारण सभा आह्वान गरेको हो ।
साधारण सभाका लागि बैंकले चैत ३ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार चैत २ गते सोमबारसम्म कायम बैंकका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई वितरण गरिने छ ।
बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे आह्वान गरिएको १९ औं वार्षिक साधारण सभाले बैंकको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि साधारण सभामा रहेका छन् ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको, तथा ३४ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि।को ५ लाख भन्दा बढी ग्राहक संख्या रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया