काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।
हाल सरकारले पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा, डिजेल र मट्टितेलमा १२ रुपैयाँ ३ पैसा, हवाई इन्धनमा २ रुपैयाँ १३ पैसा र ग्यासमा प्रति सिलिण्डर ९० रुपैयाँ ८१ पैसा भन्सार शुल्क लगाएको छ । यस्तै सरकारले पूर्वाधार निर्माण कर अन्तर्गत पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ बढी शुल्क अशुल्दै आएको छ ।
मन्त्रिपरिषद्को यो निर्णयपछि अब पेट्रोलको भन्सार महसुल १२ रुपैयाँ ६१ पैसा, डिजेल र मट्टितेलमा ६ रुपैयाँ, हवाई इन्धनमा १ रुपैयाँ ६ पैसा र ग्यासमा ४५ रुपैयाँ ४० पैसा र पूर्वाधार निर्माण कर अन्तर्गत पेट्रोल र डिजेलमा प्रतिलिटर ५/५ रुपैयाँ शुल्क कर छुट हुनेछ ।












प्रतिक्रिया