काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
यातायात व्यवस्था विभागका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । मन्त्री सुनिल लम्सालले प्रधानमन्त्रीसँग छलफल गरेर सहमति दिएपछि विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए ।












प्रतिक्रिया