काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयरहरु ९८ हजार १६२ पटक किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से २.६१ अंकले घटेर २७५७.४० अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँमा पुगेको थियो ।
बुधबारको कारोबारमा २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन र सुपरखुदी हाइड्रोपावर रहेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा स्वीट गंगा हाइड्रोपावर पहिलो स्थानमा रहेको छ । बुधबार स्वीट गंगा हाइड्रोपावरको सेयर मूल्य ४.३५ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा प्राइम डेभेन्चर, माइखोला हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र नबिल डेभेन्चर रहेका छन् ।
बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा एसवाइ प्यानल रहेको छ । एसवाइ प्यानलकोे ४६ करोड ८१ लाख ८२ हजार रुपैयाँको सेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड १६ लाख ६८ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा शिभम् सिमेन्ट रहेको छ भने चौथो स्थानमा एनआरएन इन्फ्रास्टक्चर र पाँचौ स्थानमा नेश्नल हाइड्रोपावर कम्पनी रहेको छ ।
बुधबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । मंगलबार ४६ खर्ब ८७ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४७ खर्ब ६४ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ७७ अर्ब रुपैयाँले बढेको हो ।












प्रतिक्रिया