सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से २.६१ अंकले घटेर २७५७.४० अंकमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयरहरु ८१ हजार ५८२ पटक किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०.०२ अंकमा पुग्दा कारोबार रकम १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँमा पुगेको थियो ।

मंगलबारको कारोबारमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा भुजुङ हाइड्रो पावर, सुपरखुदी हाइड्रोपावर, स्वीटगंगा हाइड्रोपावर, रिग्दे लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा एनआइबिएल ग्रोथ फण्ड पहिलो स्थानमा रहेको छ । मंगलबार एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्य करिब ७.०८ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा झापा इनर्जी, चिरख्वा हाइड्रोपावर, अपर लोहोरे खोला हाइड्रोपावर र अभियान लघुवित्त रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा ङादी ग्रुप पावर कम्पनी रहेको छ । ङादी ग्रुप पावर कम्पनीकोे २४ करोड २२ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्सको २४ करोड २१ लाख ६२ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा आखुँखोला हाइड्रोपावर रहेको छ भने चौथो स्थानमा एसवाई प्यानल र पाँचौ स्थानमा नेश्नल हाइड्रोपावर कम्पनी रहेको छ ।

मंगलबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । सोमबार ४६ खर्ब ९२ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ४६ खर्ब ८७ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ५ अर्ब रुपैयाँले घटेको हो ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।