सार्वजनिक यातायातमा बढेको भाडादर आजबाटै लागू


काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ ।

विभागले विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।

अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार  १७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।