‘टोपी लाछु भादगाउँले तर धागो बाहिरको’ प्रधानमन्त्री ओली

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै उत्पादन हुने वस्तु पनि आयात गर्ने प्रवृत्ति अन्त्य गर्नेगरी स्वदेशी उत्पादन बढाउन उद्योग व्यवसायीहरुलाई आह्वान गरेका छन्।

नेपाल उद्योग परिसंघले अघि सारेको मेक इन नेपाल स्वदेशी अभियानको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सरकार लागेको भन्दै नेपाली उत्पादन संसार भर फैलाउने परिसंघको अभियानलाई सरकारले साथ दिने बताए ।

साथै उनले कच्चा पदार्थ विदेशबाट ल्याएर तथा स्वदेशी कच्चा पदार्थबाटै कयौं वस्तु उत्पादन थाल्ने उद्योगलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । परिसंघले स्वदेशी वस्तुको प्रयोग संसारभर फैलाउन तथा स्वदेशी उपभोक्तालाई प्रयोगका लागि प्रोत्साहन गर्न मेक इन नेपाल स्वदेशी अभियान सुरु गरेको छ ।

शरिरमा लगाएका कपडा देखि दैनिक खानपानका वस्तुमा समेत आयातको भर पर्नु चिन्ताको विषय भएको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘टोपी लाछु भादगाउँले, धागो बाहिरको, सर्टमा टाँकमा चुडियो भने जोड्नु पर्छ विदेशी सियोले,’ उनले थपे के ‘गर्नु देशभक्तीले टाँक नजोडिने रहेछ ।’

जनसंख्याको दुई तिहाई हिस्सा अझै पनि कृषिमै रहेको बताउँदै उनले तर कृषिजन्य पदार्थमा आधारित उद्योग खुल्न नसकेको पनि उनले उल्लेख गरे । ‘हामीकहाँ रेमिटेन्स को पैसा खर्च गर्ने र आयातित खाद्यान्न खाने बानी परेको छ’, उनले बताए ।

उद्योगी व्यवसायीहरुलाई आफ्नै देशमा खपत हुने गरी उद्योग खोल्न तर्फ पनि प्रधानमन्त्रीले प्रोत्साहन दिए । ‘विदेशी पेयको साटो स्वदेशी पेयको उत्पादन र वितरणगर्न सकिन्छ’, प्रधानमन्त्रीले भने । थुपै स्वदेशी वस्तु तथा उत्पादन आन्तरिक माग धान्न पर्याप्त रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसका लागि वस्तुको गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गरेरै अघि बढन सुझाव दिए ।

विज्ञापनको पछि लागेर उपभोक्ताहरुले विदेशी उत्पादनको उपभोग अत्यधिक गर्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले दैनिक जीवनको अत्यवश्यक वस्तुहरु अब स्वदेशमै उत्पादन हुनु पर्नेमा जोड दिए ।  खाद्यन्न, पिये पदार्थ, लत्ता कपडा देखि हरेक कुरामा नेपाल आयातमा निर्भर हुने दिनको अन्त्य गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उद्योगीलाई त्यस्ता वस्तुको उत्पादन थाल्न आग्रह गरे ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: २५ फागुन २०७७, मंगलबार  ०७ : ३५ बजे