काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार कुल ३३५ कम्पनीका २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयरहरु ९७ हजार ४८० पटक किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार नेप्से ४८.७१ अंकले बढेर २८५१.२४ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।
शुक्रबारको कारोबारमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
शुक्रबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डिष्ट्रिज र रिग्दे लाइन इनर्जी रहेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा एनआइसी एसिया ब्यालेन्स फण्ड पहिलो स्थानमा रहेको छ । शुक्रबार एनआइसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य ४.१७ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा एनआइबीएल ग्रोथ फण्ड, माइखोला हाइड्रोपावर, माबिलुङ इनर्जी र माउन्टेन हाइड्रो नेपाल रहेका छन् ।
शुक्रबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा नेश्नल हाइड्रोपावर रहेको छ । नेश्नल हाइड्रोपावरकोे ५१ करोड ३२ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच हुँदा रिलाएन्स स्पिनिङ मिल्सको ४३ करोड ५९ लाख ५२ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रिडी पावर कम्पनी रहेको छ भने चौथो स्थानमा सोलु हाइड्रोपावर र पाँचौ स्थानमा आँखुखोला हाइड्रोपावर रहेको छ ।












प्रतिक्रिया