नेप्से परिसूचक ४८ अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार


काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयरहरु एक लाख ८ हजार ८६९ पटक किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से ४२.१२ अंकले बढेर २८०२.५२ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँमा पुगेको थियो ।

बिहीबारको कारोबारमा २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घट्दा १ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिग्दे लाइन इनर्जी र सोलु हाइड्रोपावर रहेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा एनआइसी एसिया ब्यालेन्स फण्ड पहिलो स्थानमा रहेको छ । बिहीबार एनआइसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य ६.७४ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा स्वीटगंगा हाइड्रोपावर, एनआइबीएल समृद्धि फण्ड, एनबिबिएल डेभेन्चर र कृषि बैंक डेभेन्चर रहेका छन् ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा नेश्नल हाइड्रोपावर रहेको छ । नेश्नल हाइड्रोपावरकोे ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँको सेयर किनबेच हुँदा रिडी पावर कम्पनीको ४१ करोड ३४ लाख १० हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स रहेको छ भने चौथो स्थानमा एनआरएन इन्फ्रास्टक्चर र पाँचौ स्थानमा एसवाइ प्यानल रहेको छ ।

बिहीबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । बुधबार ४७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४८ खर्ब ४७ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ८३ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।