मंगलबार प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

0
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ६ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ, तेजावी ८५ हजार १५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाला सुन तोलाको ८६ हजार २०० रुपैयाँ, तेजावी सुन ८५ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।