काठमाडौँ । नयाँ सरकार गठनपछि निरन्तर घटिरहेको सेयर बजारमा लगानीकर्ताका लागि यो साता सुखद् रहेको छ । गत साता २७८२.१८ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबारदिनमा ५५.५९ अंकले बढेर २८३७.७७ बिन्दुमा पुगेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको थियो । आइतबार १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नयाँ सरकार बनेपछि तिव्र रुपमा ओरालो लागेको सेयरबजारबारे स्टक ब्रोकर एसोसियशन लगायतका संस्थाले अर्थमन्त्रीसंग सरकारको धारणा मागेका थिए । अर्थमन्त्रीले सरकार सेयर बजारप्रति उदार रहेको र लगानीकर्तालाई दुःख नदिने आश्वासनपछि सोमबार भने नेप्से उकालो लागेको थियो ।
सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुग्दा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार उकालो लागेको सेयर बजार मंगलबार भने २.६१ अंकले घटेर २७५७.४० अंकमा झर्दा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
त्यस्तै, बुधबार भने नेप्से ४२.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको थियो । बुधबार ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा कायम भएको बजारमा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार भएको छ । शुक्रबार नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा कायम हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुन कम्पनीको सेयरमा देखियो उच्च वृद्धि
साताभरिको कारोबारमा बजारमा उतारचढाव देखिए पनि सुपर खुदी हाइड्रोपावर, रिलाइन्स स्पिनिङ् मिल्स, भुजुङ्ग हाइड्रोपावर र रिग्दे लाइन इनर्जीको सेयर मूल्य आइतबारदेखि शुक्रबारसम्म सबै ६ कारोबार दिनमा सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । त्यस्तै, होटल फरेष्टइनको सेयर मूल्यमा सोमबार, मंगलबार र शुक्रबार सकारात्मक सर्किट लागेको थियो भने सोलु हाइड्रोपावरको सेयर मूल्यमा बुधबार र बिहीबार सर्किट लागेको थियो ।
कुन कम्पनीको सेयर मूल्य कति घट्यो ?
साताभरि बजारमा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य घटेको छ । आइतबार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको थियो भने मंगलबार एनआइबिएल ग्रोथ फण्डको इकाई मूल्य ७.०८ प्रतिशतले घटेको थियो । त्यसैगरी, बिहीबार एनआइसी एसिया ब्यालेन्स फण्डको इकाई मूल्य ६.७४ प्रतिशतले घट्दा बुधबार स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ४.३५ प्रतिशतले घटेको थियो । शुक्रबार एनआइसी एसिया ब्यालेन्स फण्डको इकाई मूल्य ४.१७ प्रतिशतले घटेको छ भने सोमबार लक्ष्मी बैंक डेभेन्चरको सेयर मूल्य ३.१० प्रतिशतले घटेको थियो ।
कुन कम्पनीको कारोबार कति भयो ?
साताको कारोबारमा सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सले सर्वाधिक कारोबार गरेको थियो । यस कम्पनीले सोमबार १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच गर्दा मंगलबार २४ करोड २१ लाख ६२ हजार रुपैयाँको, बुधबार ४२ करोड १६ लाख ६८ हजार रुपैयाँको र शुक्रबार ४३ करोड ५९ लाख ५२ हजार रुपैयाँको सेयर कारोबार गरेको थियो । त्यसपछि, आइतबार ५८ करोड २८ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच गरेका हिमालयन रिइन्स्योरेन्सले सोमबार पनि ५४ करोड ९२ लाख ९८ हजार रुपैयाँको कारोबार गरेको थियो ।
शुक्रबार ५१ करोड ३२ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच गरेको नेश्नल हाइड्रोपावरले बिहीबार ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार गरेको थियो ।
बुधबार एसवाइ प्यानलकोे ४६ करोड ८१ लाख ८२ हजार रुपैयाँको सेयर कारोबार गरेको थियो भने शिभम् सिमेन्टले आइतबार ४५ करोड २५ लाख ९६ हजार रुपैयाँको कारोबार गरेको थियो ।
कुन दिन कति कायम भयो बजार पूँजीकरण ?
यस साताभरिको कारोबारसँगै कुल बजार पूँजीकरण बढेर शुक्रबार ४८ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ, जसले समग्र सेयर बजारको आकारमा सुधार आएको पुष्टि गर्छ ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पूँजीकरण ४७ खर्ब ३० अर्ब रुपैयाँ कायम भएको थियो । आइतबार कुल बजार पूँजीकरण ४५ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको थियो ।
सोमबार कुल बजार पूँजीकरण ४६ खर्ब ९२ अर्ब रुपैयाँ कायम भएको थियो भने मंगलबार ४६ खर्ब ८७ अर्ब रुपैयाँ कायम भएकोमा बुधबार कुल बजार पूँजीकरण ४७ खर्ब ६४ अर्ब रुपैयाँ कायम भएको थियो ।
त्यस्तै बिहीबार ४८ खर्ब ४७ अर्ब रुपैयाँ कायम भएको कुल बजार पूँजीकरण शुक्रबार ४८ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया