ज्योति लाइफको आइपीओमा रेकर्ड ब्रेक आवेदन, आज अन्तिम दिन

0
Shares

ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २१ गते शुक्रबारदेखि प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ खुला गरेको थियो ।

निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आएको हो ।
यस आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र सिडिएससीको मेरोशेयरको वेवसाइट तथा मोबाइल एप मार्फत २६ गते बुधबारसम्म आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यद्यपी आईपीओमा १५ लाख धेरैले आवेदन गर्ने र ५ लाख ९४ हजार आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता पाउने अवस्थामा रहने भएकाले १० कित्ताका लागि १ हजार रुपैयाँको लागि मात्र आवेदन गर्नु श्रेयकर देखिन्छ ।

कम्पनीको आइपीओमा मंगलबार साँझसम्म साढे पाँच गुणा बढी आवेदन परेको छ । निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार १५ लाख ७० हजार ४१४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५७० किता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ५.६३ गुणा बढी हो ।

शेयर पाउन गोलाप्रथाबाट भाग्यशाली बन्नुपर्ने र धेरै रकमको आवेदन गर्दा चाँही पाउने सम्भावना नहुने भएकाले धेरै रकमको आवेदन गरेर मात्र शेयर नपाउने भएकाले धेरै आवेदन गर्नु भनेको खातामा रहेको मौज्दात रकम रोक्का राख्नु मात्र हो ।

इन्स्योरेन्सको उक्त आइपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आइपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार  ०७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।