प्रहरीले नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर स्थीत कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय संजय राना रहेको प्रहरीले जनाएको छ ।

रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।
साथै प्रहरीले रानाको पसलबाट १ थान फलामको कैची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १ सय ५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थान डेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ सक्कली नेपाली नोट १ थान प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया