हिमालयन बैंकले पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेको जनाएको छ ।
र्बैंक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोका बिच सो सम्बन्धि चेक हस्तान्तरण गरे ।
उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरुसुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडेको उपस्थिति थियो ।
र्बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण÷पुनस्र्थापना वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतना, आदि जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया