सम्राट सिमेन्टलाई गुणस्तर विभागको कारबाही, सिमेन्ट बिक्रीमा रोक

0
Shares

नेपाल गुणस्तर तथा नापतौल विभागले सम्राट सिमेन्टलाई कारबाही गरेको छ।

तोकिएको गुणस्तर कायम नगरेको भन्दै विभागले सिमेन्ट बिक्री गर्न रोक लगाएको हो।

विभागको अनुगमनका क्रममा उक्त उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करीब १०० बोरा ओपीसी सिमेन्ट पीआरए गजदम्बा इन्टरप्राइज बाफल काठमाडौंमा बिक्री वितरणका लागि राखेको पाइएकाले उक्त उद्योगलाई नेपाल गुणस्तर चिन्ह ऐन– २०३७ तथा नियमावली– २०४० बमोजिम कारबाही अगाडि बढाइएको विभागले जनाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।