काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई जेठ १ गतेबाट लागू हुने गरी नियुक्त गरेको हो ।
हाल बैंकको सीईओ रहेका प्रद्युमन पोखरेलको कार्यकाल आगामी २०८३ वैशाख मसान्तबाट सकिँदैछ । पोखरेलको कार्यकाल समाप्त भए लगत्तै नवनियुक्त सीईओ मानन्धरले २०८३ जेठ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।












प्रतिक्रिया