
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरल राजनीतिक अवस्थामा पनि डेपुटी गभर्नर समयमा नै नियुक्त भएको बताएका छन् । नवनियुक्त डेपुटी गभर्नर द्धयलाई सपथ ग्रहण गराउँदै गभर्नर अधिकारीले आगामी दिनमा पनि केन्द्रीय बैंकमा सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहने बताए ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ फागुन २५ गतेको निर्णय अनुसार डा. नीलम ढुङगाना (तिम्सीना) र बम बहादुर मिश्रलाइ डेपुटी गभर्नर नियुक्त गरेको हो।
सरकारले नियुक्त गरेका डेपुटी गभर्नर द्धयले बुधबार गभर्नबाट सपथ ग्रहण गरी पदबहाली समेत गरेका छन् ।
गभर्नर अधिकारीले नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई दिदै दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त हुनुभएको बताए । सफल कार्यकालको शुभकामना दिदै डेपुटी गभर्नर तुलनात्मक रुपमा बढी जिम्मेवार पद रहेको बताए ।
तरल राजनैतिक अवस्थामा पनि समयमै नियुक्ती भएको बताउदै गभर्नर अधिकारीले, “दुई जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर नियुक्त हुने कानुनी व्यवस्था अनुसार उहाँहरू नियुक्त हुनुभएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहनेमा व्रिवस्त छु ।”आफू कार्यमुखी, नतिजामुखी तथा संस्थाको गरिमाप्रति समर्पित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबैको सल्लाह र सुझाव अनुसार अघि बढ्ने बताए ।

कार्यक्रममा नवनियुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गरेको नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाइलाई धन्यवाद ज्ञापन गर्दै खुसी तथा जिम्मेवारी बोध एकैपटक आएको बताए ।
डेपुटी गभर्नर द्धय संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया