अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुस लिएको आरोपमा राजस्व कार्यालयका कर अधिकृत सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला धनुषा स्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाल र आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार रहेको आयोगले जनाएको छ ।
अघिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस रकम माग गरी कन्सल्टेन्सीका कर्णलाई लिन पठाएका थिए।
सोही सूचनाका आधारमा आयोगको कार्यालय बर्दिवासबाट गएको टोलिले कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
त्यस्तै कर अधिकृत रमेश ढकाललाई धनुषाको नेपाल स्काउटको कार्यालय अगाडिबाट फागुन २६ नियन्त्रणमा लिइ अनुसन्धा अघि सारीएको आयोगले जनाएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया