किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुन: सर्वसाधारणलाई शेयर (एफपीओ) जारी गर्ने भएको छ।
जसका लागि कम्पनीले मर्चेन्ट बैंकहरुसँग कोटेशन आह्वान गरेको छ ।
संस्थाले सर्वसाधारणलाई छुट्याइएको कुल शेयरमध्ये १२ लाख ९८ हजार २ सय ५९ कित्ता एफपीओ निष्काशन गर्ने जनाएको छ ।
जसका लागि कम्पनीले एफपीओ जारी गरिसकेका इच्छुक अनुभवी क्यापिटल मार्केट (मर्चेन्ट फाइनान्स कम्पनी) लाई आफ्नो कम्पनीको प्रोफाइल सहित दर रेट (कोटेशन) पेश गर्न आह्वान सूचना जारी गरेको छ ।
किसान लघुवित्त र एनआरएन लघुवित्त गाभिएर किसान माइक्रोफाइनान्स बनेको हो । यसअघि एनआरएन लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्तलाई गाभेको थियो भने किसानले दिव्य लघुवित्तलाई गाभेको थियो।
सूचीकृत कम्पनीहरुले सूचीकृत नभएका कम्पनीहरु गाभेका कारण शेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको हो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया