वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सामसङ नेपालले ल्यायो ‘सपनादेखि सम्भावनासम्म’ अभियान


काठमाडौँ । सामसङ नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने कम्पनीको दाबी छ ।

यसले सामसङको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको हो । अभियानअन्तर्गत कम्पनीले ‘सामसङ रेमिटमा बेनिफिट’ सार्वजनिक गरेको छ, जसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो अफर अप्रिल २४ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ । रेमिटेन्सलाई अर्थतन्त्रको प्रमुख आधार मान्दै, अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधारका रूपमा सम्मान गर्नुका साथै, सामसङका एआई–सक्षम डिभाइसहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउने कम्पनीको दाबी छ ।

यस अभियानमा सामसङले आइएमई रेमिट, एनसिएल, खल्ती बाई आइएमई, र हुलास फिन सर्भेसँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको समेत जनाएको छ । यसमा एनसिएल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो इएमआइ र खल्तीमार्फत क्यासब्याक जस्ता सुविधा छन्, जसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ । यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।