अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्कीविरुद्ध मुद्दा दायर गरेको छ । 
ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पछि बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।
कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस लिएकी थिइन् ।
कार्कीविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर भएको छ । सेवाग्राहीसँग घुसररिसवत माग गरी लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा पुजा कार्कीले आफू र लेखा अधिकृत सापकोटाको लागि घुस रकम लिएकी थिइन् । ।
सापकोटा र कार्कीलाई जनही बिगो ९५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया