सिटिजन्स बैंकको सूचना अधिकारीको जिम्मेवारी उमंग शर्मालाई


सिटिजन्स बैंकको सूचना अधिकारीमा उमंग शर्मा नियुक्त भएकी छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहायक प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारीमा रहेकी शर्मालाई सूचना अधिकारीको जिम्मेवारी थप गरेका हुन् ।

नोटबजारसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले शर्मालाई रिक्त रहेको सूचना अधिकारीको जिम्मेवारी समेत थप गरिएको बताए ।

यस अघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए । देवकोटा सिटिजन्स बैंकबाट बाहिरिएसँगै उक्त पद रिक्त भएको थियो ।

शुक्रबार सिटिजन्स बैंकबाट औपचारिक रुपमा बाहिरिएका देवकोटा आइतबार महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।

महालक्ष्मी विकास बैंकको सीईओमा देवकोटा नियुक्त

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।