
चैत्र महिनाको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहँदा चाँदीकोे भाउ भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार ६०० रुपैयाँ, तेजावी ८६ हजार १५० रुपैयाँ र चाँदी १ हजार २७५ रुपैयाँ तोकिएको छ ।
गत शुक्रबारको तुलनामा आइतबार ४०० रुपैयाँले महङ्गिएको सुनको मूल्य सोमबार भने स्थीर बनेको हो । सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
आइतबार चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया