बजाजको शुन्य अफर: शुन्य प्रतिशत ब्याजदरदेखि १० लाखसम्म जित्नसक्ने अवसर

0
Shares

नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा बजाज शून्य अफर सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत नयाँ बजाज बाइक किन्ने ग्राहकहरुले अफरमा कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा पाउनेछन् । अथवा ग्राहकले एसएमएस मार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस मार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी दश हजारदेखि १० लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफरमा सहभागी हुने ग्राहकले न्यूनतम पनि १० हजार निश्चित रुपमा प्राप्त गर्न सक्नेछन् ।

यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुने र यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा बिक्रेताबाट खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।