पछिल्लो पाँच दिनमा ११७ अंकले घट्यो शेयर बजार, सूचक २ हजार ४०० बिन्दु मुनि

0
Shares


शेयर बजार सूचक मापक नेप्से पछिल्लो पाँच कारोबार दिनमा ११७.४८ अंकले घटेको छ । फागुन २० गते ९० अंकले बढेर २ हजार ५०६.६८ बिन्दुमा रहेको नेप्से त्यसपछिका पाँचै कारोबार दिनमा ओरालो लागेर २ हजार ३८९.१९ बिन्दुमा झरेको हो ।

सोमबार २१२ कम्पनीका ९६ लाख ४ हजार ५२९ कित्ता शेयर ५२ हजार ३०९ पटकको कारोबारबाट ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँमा खरीद बिक्री भएका छन् । सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४ अर्ब ९५ करोड २७ लाखको शेयर कारोबार भएकोमा सोमबार ७० करोड ४३ लाख रुपैयाँले कारोबार घटेको हो ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता रकम खुम्चिँदै जान थालेपछि ब्याजदर बढ्ने आंकलन गर्दै अल्पकालीन लगानीकर्ताहरुले शेयर बिक्री गरेर बजारबाट बाहिरिन थालेका छन् । जसले सूचकमा निरन्तर दबाबमा परेको हो ।

सोमबार कारोबारमा आएका होटल तथा टुरिजम पौने ४ प्रतिशत र ब्यापार साढे १ प्रतिशतलेृे बढ्दा लगानी, उत्पादनमुलक र म्युचुअल फण्डको सूचक सामान्य सकारात्मक रहेको छ । आठ उपसमुहको सूचक ऋणात्मक रहेको बजारमा अन्य २ प्रतिशत, निर्जीबव बीमा १.६० प्रतिशत तथा बैंकिङ्ग १ प्रतिशत बढीले घटेको छ । जीवन बीमा, फाइनान्स, लघुवित्त, विकास बैंक र जलविद्युत उपसमुहका सूचक पनि घटेका छन् ।

  • निफ्राको सर्वाधिक कारोबार

सोमबारको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को उच्च कारोबार भएको छ । बैंकको ४३ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यसैगरी अपर तामाकोशीको २९ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा तेस्रो ठूलो कारोबार भएको नबिल बैंकको पनि १९ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

नेपाल लाइफ, एनआईसी एशिया, नेपाल पुनर्बीमा कम्पनी, नेको इन्स्योरेन्स, ग्लोबल आइएमई बैंकको १० करोड बढीको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स र नेपाल बैंकको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-03-15 15:00:00
NIFRA 436,221,809.00 537.00
UPPER 298,369,794.00 659.00
NABIL 197,101,378.00 1,205.00
NLIC 129,070,110.00 1,962.00
NICA 125,772,248.00 855.00
NRIC 101,563,473.00 1,373.00
NIL 100,523,602.00 1,565.00
GBIME 100,067,541.00 420.00
SICL 99,544,602.00 1,796.00
NBL 80,785,062.00 426.00
  • चार कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट नजिक

आजको बजारमा चन्द्रागिरी हिल्स सहित घलेम्दी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, र आँखुखोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढोत्तरी हुादै सकारात्मक सर्किट नजिक पुगेको हो ।

यसदिन महुली सामुदायिक लघुवित्त, नेपाल हाइड्रो डेभलोपर लिमिटेड, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावरको शेयर र सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमुल्य ३ प्रतिशत धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-15 15:00:00
CGH 972.00 88.00 9.95
GHL 173.00 15.00 9.49
PMHPL 185.00 16.00 9.47
AKJCL 157.00 13.00 9.03
MSLB 2,480.00 120.00 5.08
NHDL 374.00 15.00 4.18
UNHPL 118.00 4.00 3.51
JOSHI 121.00 4.00 3.42
HDHPC 133.00 4.00 3.10
CMF2 10.76 0.32 3.07
  • हिमालयन पावर पार्टनरका लगानीकर्ताले धेरै गुमाए

सोमबारको बजारबाट हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक ६.२५ प्रतिशतका दरले गुमाएका छन् ।

सूर्योदय लघुवित्त, एभरेष्ट इन्स्योरेन्सको संस्थापक, प्रुडेन्सियल इन्स्योरेन्स, अरुण भ्याली, गुराँस लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, नेपाल टेलिकम, लिवर्टी इनर्जी र आरएसडिसी लघुवित्तका शेयरधनीले ३ प्रतिशतका दरले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-03-15 15:00:00
HPPL 420.00 -28.00 -6.25
SLBS 1,759.00 -85.00 -4.61
EICPO 406.00 -19.00 -4.47
PICL 722.00 -33.00 -4.37
AHPC 335.00 -15.00 -4.29
GLBSL 1,312.00 -53.00 -3.88
SMB 1,786.00 -69.00 -3.72
NTC 1,170.00 -40.00 -3.31
LEC 296.00 -10.00 -3.27
RSDC 750.00 -24.00 -3.10

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।