काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से ७.७३ अंकले बढेर २७९६.४३ अंकमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कुल ३५१ कम्पनीका १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयरहरु ८१ हजार ६ पटक किनबेच हुँदा ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार नेप्से १.५४ अंकले बढेर २७८८.७० अंकमा पुग्दा कारोबार रकम ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँमा पुगेको थियो ।
सोमबारको कारोबारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र सिटी होटल रहेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा निफ्रा ग्रीन इनर्जी पहिलो स्थानमा रहेको छ । सोमबार निफ्रा ग्रीन इनर्जीको सेयर मूल्य १४.०१ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा माइखोला हाइड्रोपावर, ग्लोबल आइएमई बैंक डेभेन्चर, सुपरखुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर रहेका छन् ।
सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । रिलायन्स स्पिनिङ मिल्सको ३० करोड ७४ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच हुँदा आँखुखोला हाइड्रोको २६ करोड १८ लाख २० हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा सोलु हाइड्रोपावर रहेको छ भने चौथो स्थानमा नेश्नल हाइड्रोपावर र पाँचौ स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ ।












प्रतिक्रिया