यो साता लागेसँगै लगातार घटेको सेयरबजार अन्तिम दिन सामान्य बढ्यो


काठमाडौँ । यो साता लागेसँगै लगातार चार दिन घटेको सेयर बजार आज अन्तिम दिन सामान्य अंकले बढेको छ । आज शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा कायम भएको हो ।

शुक्रबार कारोबारमा आएका ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयरहरू ७५ हजार २२९ पटक किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ अंकमा झर्दा कारोबार रकम ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँ पुगेको थियो ।

शुक्रबार उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ७७.६६५ अंकले बढेको छ । त्यस्तै होटल तथा पर्यटन समूह २६.८४ अंकले, व्यापार समूह २२.२९ अंकले, विकास बैंक समूह १३.५२ अंकले, हाइड्रोपावर समूह १०.१८ अंकले र बैंकिङ समूह ३.१९ अंकले बढेको छ भने अन्य उपसमूहहरु घटेका छन् ।

शुक्रबारको कारोबारमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्ट र माईखोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।

यता, मेनचियम हाइड्रोपावरको सेयर मूल्य ३.५० प्रतिशतले घटेको छ । त्यस्तै, एनआइसी एशिया फ्लेक्सी क्यापको ३.१६ प्रतिशतले र एसबिएल डेभेन्चर २.९९ प्रतिशतले घटेको हो ।

शुक्रबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा रिडी पावर कम्पनी रहेको छ । रिडी पावर कम्पनीको सेयर मूल्य २७ करोड ३८ लाख ४७ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स २४ करोड ९२ लाख ९७ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । नेश्नल हाइड्रोपावरको २४ करोड ४४ लाख ७४ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, सोलु हाइड्रोपावरको २३ करोड ७८ लाख रुपैयाँको कारोबार हुँदा आँखुखोला हाइड्रोपावरको २० करोड २९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।