नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 
ब्यूरोको टोलीले उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा दोषी ठहरिएका तारकेश्वर नगरपालिका–३ जीतपुरका ५७ वर्षीय विजयकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनले तीन दिन कैद र रु नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज काभ्रेस्थलीबाट पक्राउ गरिएको जानकारी दिए।
“पक्राउ परेका श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा झुक्यानमा पारी कुमारी बैँक लिमिटेड नयाँ बसपार्कको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।
पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया