सीआईटीको शेयर बेचेर कम्तिमा साढे ७० करोड आम्दानी गर्दै नेपाल बैंक

0
Shares

नेपाल बैंक (NBL) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक शेयर बिक्री गरेर कम्तिमा ७० करोड ४४ लाख रुपैयाँ आर्जन गर्ने भएको छ ।

बैंकले कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । उक्त शेयर खरिद गर्न चैत ३ गतेदेखि १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुक योग्य संस्थापक शेयरधनीहरु, कम्पनी जोसुकै व्यक्ति तथा संघ संस्था, चैत १७ गतेसम्म बोलपत्र आवेदन दिन सक्नेछन् ।कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५०२ रुपैयाँ ५० पैसा तोकेको छ ।

शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतमको सीमा तोकिएको छैन् ।उक्त शेयर बिक्री गरेर नेपाल बैंकले कम्तिमा ७० करोड ४४ लाख १४ हजार ७० रुपैयाँ आम्दानी गर्नेछ । कम्पनीका अनुसार बोलपत्र आवेदन फारम एनआइबिल एस क्यापिटलमा बुझाउनुपर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत २०७७, मंगलबार  ०८ : १४ बजे