लगानीकर्ताले सस्तो मूल्यमा शेयर बिक्री गर्न नचाहँदा बजार सकारात्मक

0
Shares

उच्चतम विन्दुबाट अढाई सय अंकले घटिसकेको नेप्सेमा शेयर बिक्रेताहरु घट्न थालेका छन् । जसले गर्दा शेयर कारोबार सुस्ताउन थालेको छ ।

गत फागुन ९ गते हालसम्मकै उच्च विन्दु २६४० अंकमा पुगेको शेयर बजार त्यसयता घट्नेक्रममा चैत २ गते सोमबारसम्म आइपुग्दा २ हजार ३८९ विन्दुमा झरिसकेको छ । यसबीचमा नेप्से सूचक २५१ अंक तल झरिसकेको अवस्था छ।

बजार तल झरेपछि सस्तो मूल्यमा शेयर बिक्रीगर्ने घट्न थालेको देखिन्छ । जसले गर्दा कारोबार रकममा निरन्तर गिरावट आउन थालेको छ । बजार उच्चतम विन्दुमा रहेका बेला दैनिक आठ अर्ब बढीको कारोबार हुने गरेकोमा बजारमा पछिल्लो समयमा झण्डै आधा कम कारोबार हुने गरेको छ।

राजनैतिक अन्योलता, तरलता र बैंक ब्याजदरका विषयहरु सतहमा आँउदा शेयर खरीदगर्नेहरु पनि पर्ख र हेरको अवस्थामा नै छन् । जसले गर्दा शेयर सस्तीए पनि माग बढ्न सकेको छैन् । शेयर मूल्य घटेको अवस्थामा शेयर होल्डगर्नेक्रम बढेपछि बजारमा समेत सकारात्मक प्रभाव देखिएको छ । पछिल्लो ५ दिन लगाता घटेको बजार मंगलबार सकारात्मक लयमा नै देखिएको छ ।

मंगलबार दिउँसो १ बजेसम्म नेप्से सूचक करिब ८ अंकले बढेर २३९७ विन्दुमा उक्लिएको छ । यसबीचमा २०९ कम्पनीको एक अर्ब ३८ करोड बराबरको शेयर किनबेच भएको छ । शेयर कारोबारको रफ्तार भने केही सुस्त नै देखिएको छ । बजार उच्च विन्दुतर्फ लम्किएको अवस्थामा नेप्सेमा एक घण्टामा दुई अर्बका दरले कारोबार हुने गरेको थियो । पछिल्लो केहिदिन यता कारोबारको गति पनि कमजोर देखिएको छ ।

बजारमा आएका अनेक खबरहरुले लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् ।यद्यपी शेयरबजारमा भर्खरै भित्रिएका नयाँ कम्पनीहरुमा भने शेयर लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । कम शेयर मूल्य भएका कम्पनीहरु पनि रोजाईमा देखिएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।