अपडेटः निफ्राको उच्च कारोबार हुँदा हाइड्रोपावर कम्पनीहरुको मूल्य बढ्यो

0
Shares

लगातार पाँच कारोबार दिन घटेपछि मंगलबार शेयर बजार सूचक मापक नेप्से सकारात्मक बनेको छ । कारोबारमा आएका १३ मध्ये ९ वटा उपसमुहको सूचकमा हरियाली छाएपछि नेप्से ६.७८ अंकले बढेको छ ।

कारोबारमा दुई घण्टा अवधि (१ बजे) सम्म २१० कम्पनीका ४६ लाख ९३ हजार कित्ता शेयर १ अर्ब ४४ करोडमा खरीद बिक्री हुँदा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको मात्रै ८ करोड बढीको शेयर खरीद बिक्री भएको छ । नबिल बैंक, अपर तामाकोशी, नेशनल हाइड्रोपावर र नेपाल लाइफको पनि उच्च कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये शेयरमूल्यमा बढोत्तरी हुने कम्पनीमा जलविद्युत समुहका रहेका छन् । जसको शेयरमूल्य बढ्दा पनि लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । चन्द्रागिरी हिल्सको पछि जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, मंगलबारदेखि नै कारोबारमा आएको ग्रीन लाइफ हाइड्रोपावरको करिब दश प्रतिशतले बढ्दा नेशनल हाइड्रोपावरको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा उच्च बढेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।