लगानीकर्ताले सस्तो मूल्यमा शेयर बेच्न छाडेपछि कारोबार घट्न थाल्यो, जलविद्युतका शेयरमा भने आकर्षण

0
Shares

लागातार शेयरमूल्य घटेपछि शेयर बिक्री गर्ने लगानीकर्ताहरुको संख्यामा समेत कमी आउन थालेको छ। महङ्गोमा किनेको शेयर सस्तो मूल्यमा बिक्री गर्दा घाटा हुनेभएपछि शेयर धारक लगानीकर्ताले शेयर बिक्री गर्न छाडेका छन् । अर्कोतर्फ नयाँ लगानीकर्तामा पनि बजार अझै घट्छ कि भन्ने आशंकाका बीच बढेर शेयर खरीद गर्न नचाहँदा दिनप्रतिदिन नेप्सेमा कारोबार रकम घट्दो देखिएको छ ।

मंगलबार शेयर बजारमा सूचीकृत रहेका सस्ता जलविद्युत कम्पनीको शेयरतर्फ लगानीकर्ताको आकर्षण बढेको छ । जसले मंगलबार सस्तो शेयरमूल्य भएका जलविद्युत कम्पनीको मूल्य उच्च रुपमा बढेको छ ।

मंगलबार सबैभन्दा धेरे शेयरमूल्य बढ्ने शीर्ष दश कम्पनीभित्र ६ कम्पनी हाइड्रोपावर कम्पनीसँग सम्बन्धीत कम्पनी रहेको छ । होटल तथा टुरिजम्मा सूचीकृत चन्द्रागिरी हिल्स, ७ वटा जलविद्युत कम्पनी र एक लघुवित्त र एक सामुहिक लगानी कोषको इकाइको मूल्य मंगलबार सबैभन्दा धेरै बढेका छन् ।

शेयरमूल्य बढेका ७ जलविद्युत कम्पनीमध्ये ५ कम्पनीको मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । उच्च शेयरमूल्य बढेका दुई कम्पनीको मूल्य एक हजार रुपैयाँभन्दा धेरै छ ।  लगातार पाँच कारोबार दिनमा ११७ अंकले घटेको शेयर बजार सूचकमा मंगलबार झिनो (२.५६) अंकको सुधार आएको छ । यससम्गै नेप्से सूचक २३९१.७४ बिन्दुमा पुगेको छ ।

मंगलबार २१६ कम्पनीका ९० लाख १२ हजार ८५३ कित्ता शेयर ४६ हजार ५४० पटक खरीद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ पुगेको छ ।  नेप्से २ हजार ६४० बाट २५० अंक बढी घटेर २३८९ मा झरेसँगै बजारमा महङ्गो मूल्यमा शेयर खरीद गरेका लगानीकर्ताले घाटामा शेयर बिक्री गर्न छाडेका छन् । जसले नेप्सेमा दैनिक कारोबार रकम समेत घट्दै जान थालेको छ । सोमबार ४ अर्ब २४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार अघिल्लो दिनको तुलनामा ८७ करोड २८ लाख रुपैयाँले कारोबार घटेको हो ।

मंगलबार कारोबारमा आएका १३ समुहका सूचकमध्ये होटल तथा टुरिजम् समुहमा सूचीकृत चन्द्रागिरी हिल्सको मूल्य सर्किट लेबलमा बढेपछि सूचक पनि ३.३६ प्रतिशतले बढेको छ । जीवन बीमाको सूचक १.४६ प्रतिशतले बढोत्तरी भएको बजारमा लघुवित्त, उत्पादनमुलक, लगानी, बैंकिङ्ग, र फाइनान्सको इन्डेक्समा पनि समान्य सुधार आएको छ ।

कारोबारमा आएका ६ वटा समुहका सूचक ऋणात्मक रहँदा ब्यापार, जलविद्युत, अन्यमा १ प्रतिशतभन्दा धेरै गिरावट देखिँदा निर्जीवन बीमा, विकास बैंक र म्युचुअल फण्डको सूचक पनि सामान्य घटेका छन् ।

  • नेपाल लाइफको बढेर उच्च कारोबार

यसदिन नेपाल लाइफको प्रतिकित्ता ३५ रुपैयाँ अर्थात १.७८ प्रतिशत बढेर उच्च कारोबार भएको छ । कम्पनीको ९९ हजार ७० कित्ता शेयर १९ करोड ३८ लाख ७९ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।

अपर तामाकोशी १८ करोड ८५ लाख, निफ्रा १७ करोड २ लाख, नबिल बैंक १३ करोड ८९ लाख, नेशनल हाइड्रोपावर १२ करोड १६ लाख, र एचआईडिसीएलको १० करोड ५६ लाखको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंक, नेको इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, र पुनर्बीमा कम्पनी शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol Turnover Closing Price
As of 2021-03-16 15:00:00
NLIC 193,879,884.00 1,997.00
UPPER 188,529,644.00 636.00
NIFRA 170,266,454.00 533.00
NABIL 138,953,085.00 1,207.00
NHPC 121,608,714.00 166.00
HIDCL 105,605,610.00 350.00
NICA 87,796,892.00 860.00
NIL 79,558,198.00 1,585.00
GBIME 78,250,977.00 421.00
NRIC 75,807,580.00 1,377.00
  • पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबारको बजारमा पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ग्रीन लाईफ हाइड्रोपावर र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यसदिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को इकाई, एचआईडिसीएल, दिब्यश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर, सपोर्ट लघुवित्तको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-16 15:00:00
CGH 1,069.00 97.00 9.98
JOSHI 133.00 12.00 9.92
GHL 190.00 17.00 9.83
GLH 328.00 29.00 9.70
KKHC 128.00 11.00 9.40
SIGS2 11.57 0.76 7.03
HIDCL 350.00 22.00 6.71
DHPL 124.00 7.00 5.98
UNHPL 125.00 7.00 5.93
SMB 1,889.00 103.00 5.77
  • राष्ट्रिय बीमा कम्पनीको संस्थापकको मूल्य घट्यो

मंंगलबार राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य सर्वाधिक घटेको छ । कम्पनीको मूल्य ८.८१ प्रतिशत अर्थात १ हजार ३६३ रुपैयाँ घटेर १४ हजार १०० रुपैयाँमा झरेको छ ।

पन्चकन्या माई हाइड्रोपावर, एभरेष्ट इन्स्योरेन्सको संस्थापक, राष्ट्रिय बीमा कम्पनीको मूल्य ३ प्रतिशतले घटेको छ । अरुण भ्याली हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआईबिएल प्रगति फण्ड, अपर तामाकोशी, नेपाल हाइड्रो डेभलोपर र सूर्योदय लघुवित्तको मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-16 15:00:00
RBCLPO 14,100.00 -1,363.00 -8.81
PMHPL 176.00 -9.00 -4.86
EICPO 387.00 -19.00 -4.68
RBCL 15,700.00 -660.00 -4.03
AHPC 322.00 -13.00 -3.88
HPPL 404.00 -16.00 -3.81
NIBLPF 11.57 -0.43 -3.58
UPPER 636.00 -23.00 -3.49
NHDL 314.00 -11.00 -3.38
SLBS 1,700.00 -59.00 -3.3

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।