डिशहोममा मनोरञ्जनात्मक कमेडी शो कमेडि क्याफे सञ्चालनमा

0
Shares

डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो कमेडि क्याफ सञ्चालन गरेको छ ।

कार्यक्रम कमेडि क्याफ २०७७ फागुन २२ गते देखी डिसहोम को रियालिटी टिभी च्यानल नम्बर १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।

विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई प्रायांक कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् ।

हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिmलाई प्रायांक गर्छन् । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार  ०९ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।