बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन


बारा । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँबाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो ।

केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर ३.१ मेट्रिकटन उत्पादन हुनुपर्नेमा २.४८ मेट्रिकटन भएको जानकारी दिए । उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ ।

उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल चार हजार रुपैयाँका दरले बिक्री भएको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए । उन अनुसार गत आवमा चार अर्ब दुई करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।