काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले २५ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य तथा रक्तदान कार्यक्रम गर्ने भएको छ । ‘लाइफ इज प्रिसिअस लेट्स अपलिफ्ट इट टुगेदर’ भन्ने सन्देश सहित आयोजना हुन लागेको निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरेको छ ।
स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान साढे ९ बजेदेखि साँझ साढे ६ बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुने कम्पनीले जनाएको छ । यस्तै, रक्तदान कार्यक्रम बैशाख २१ गते बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ । साथै देश भरका सातै वोता प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।
कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।













प्रतिक्रिया