नेपाल स्टक एक्सचेञ्जमा बुधबार तीन कम्पनीको २ करोड ८४ लाख ८२ हजार ६५० कित्ता बोनस शेयर बुधबार सूचीकृत भएको छ ।
नेप्सेका अनुसार ग्लोबल आइएमई बैंकको २ करोड ६५ लाख ६६ हजार २३१ दशमलव ८० कित्ता, लुम्बिनी विकास बैंकको १९ लाख १ हजार ४१८ दशमलव २१ कित्ता, र नेपाल सेवा लघुवित्तको १५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ग्लोबल आइएमई बैंकले चुक्ता पूँजीको १४ प्रतिशत, लुम्बिनी विकास बैंकले चुक्ता पूँजीको ७ प्रतिशत, र नेपाल सेवा लघुवित्तले चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
ग्लोबल आइएमई बैंकको २०७७ पुस १४ गते, लुम्बिनी विकास बैंकको २०७७ पुस १३ गते र नेपाल सेवा लघुवित्तको २०७६ पुस १५ गतेसम्म नेपसेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया